दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “बैंकिंग कसूर तथा सजाय ऐन, २०६४” रहेको छ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ र नेपालमा बैंकिंग कसूर गरी विदेशमा रहे बसेको जुनसुकै व्यक्ति वा संस्था समेतलाई लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।